२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

निर्वाचन आचारसंहिताविरुद्ध हेलम्बु गाउँपालिकाका अध्यक्ष सर्वाेच्चमा

  • २०७८ चैत्र ६, आईतबार मा प्रकाशित २ साल अघि
  • चैत ६, २०७८

    चाैतारा । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले निर्वाचन आयोग विरुद्ध मुद्दा हालेका छन्। उनले प्रधानमन्त्री मन्त्री संसद्को निर्वाचनमा उम्मेदवार हुँदा पद छोड्नु नपर्ने तर गाउँपालिकामा उठ्दा राजीनामा दिनु पर्ने भन्दै निर्वाचन अयोग विरुद्ध मुद्दा हालेका हुन् । 

    उनले आज आज सर्वोच्च अदालतमा निर्वाचन आयोग विरुद्ध मुद्दा हालेका हुन् । 

    उनले दिएको जाहेरीमा स्थानीय तह नामकरण गरे पनि यो स्थानीय सरकार हो सरकार भनेको अविच्छिन्न उत्तराधिकारी वाला निकाय भएको बताएका छन्।
     
    ‘सरकार एक मिनेट पनि खाली हुनु हुँदैन’ उनले दिएको जाहेरीमा उल्लेख छ,  ‘निर्वाचनको उम्मेदवार भए पछि निर्वाचित भई शपथ ग्रहण भए सम्म करिब १ महिना लाग्छ । १ महिना स्थानीय सरकार खाली हुँदा सेवाग्राहीको तत्काल गर्नु पर्ने सबै काम रोकिन्छ । गाउँमा गएको सिंहदरबारलाई विपक्षी निर्वाचन आयोगका कारणले करिब १ महिना खाली गर्न मिल्दैन ।’ 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस