चैत ५, २०७८
चाैतारा । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले प्रेस युनियन स्व. पत्रकार राम केसी अग्रज पत्रकारिता पुरस्कार सम्मान प्रदान गर्ने भएको छ।
पत्रकार केसीको १० औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामार्फत युनियनले पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
यसअघि युनियनले सिन्धु अग्रज पत्रकारिता प्रदान गर्दै आएको थियो। त्यसैलाई परिमार्जित गरि केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिइने उपाध्यक्ष किशोर बुढाथोकीले बताए।
प्रेस युनियनका केन्द्रीय पार्षद रहेका पत्रकार केसी रासस र नेपाल समाचार पत्रमा आबद्ध थिए। ०५१ सालबाट पत्रकारिता सुरु गरेका केसीका एक गीतिसंग्रह र एक कथा संग्रह प्रकाशित छन्।
दमको रोगबाट ग्रसित उनको उपचारका क्रममा केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। उनका एक श्रीमती, एक छोरा र ४ छोरी छन्।
प्रतिक्रिया दिनुहोस