२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

शेरबहादुरलाई शरदकाे चुनाैती : जनतालाई गफ हाेइन, काम देखाउनुस्

  • २०७८ चैत्र ४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • चैत ४, २०७८

    चाैतारा । बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री तथा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले माओवादी अरु पार्टी जस्ताे चुनावमा मात्रै गाउँ फर्कने पार्टी नभएकाे बताएका छन् ।

    शुक्रबार सिन्धुपाल्चोक २ नम्बर क्षेत्रीय कार्यालय उद्घाटन एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै उनलेे आफ्नाे पार्टी देशमा परिवर्तनको एजेन्डा स्थापित गराउने पार्टी भएकाले अन्य पार्टीसँग माओवादीलाई तुलना गर्न नहुने जिकिर गरे ।

    नेता दुलालले चुनावकाे बेला गुलिया भाषण गर्न भन्दापनि आफुले गरेका कामकाे फेरिस्त लिएर आफुसँग सवालजवाफ गर्न एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वकानुन मन्त्री शेरबहादुर तामाङलाई चुनाैती दिए ।

    जनताकाे काममा ध्यान नदिने, जनतालाई सधै गफमा अल्मलाउने र सधै शासन मात्र गर्न खाेज्ने प्रवृत्ति भएका शेरबहादुर तामाङले आगामी निर्वाचनमा जनताकाे भावनाकाे प्रतिनिधित्व गर्न नसक्ने उनको भनाइ छ।

    कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरि १ सय ४१ नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेकाे मेलम्ची नगरपालिका अध्यक्ष गाेपाल नेपालले जानकारी दिए ।

    नवप्रवेशीलाई पुर्वमन्त्री दुलाल, माओवादी बागमती प्रदेश कमिटी सदस्य चन्द्रबहादुर थापालगायतका नेताले टीका खादा लगाएर स्वागत गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस