फागुन २९, २०७८
चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ ।
सभापतिमा प्रतिस्पर्धा गरेका तीन जना उम्मेदवारहरुमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने छ ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशनका लागि भएको निर्वाचनमा सदर १ हजार ८६८ मतमध्ये सबैभन्दा बढी जंगबहादुर लामाले ७०५ मत पाए ।
दोस्रो स्थानमा रहेका वंशलाल तामाङले ६२९ मत पाए । सभापति पदका अर्का प्रतिस्पर्धी डा. प्रेमध्वज लामाले ४९३ मत पाएका छन् ।
वंशलाल संस्थापन इतरका उम्मेदवार हुन् भने जंगबहादुर र प्रेमध्वज संस्थापन पक्षका उम्मेदवार हुन् ।
प्रतिक्रिया दिनुहोस