२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कर्थलीका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमबहादुर एमाले प्रवेश

  • २०७८ फागुन २१, शनिबार मा प्रकाशित २ साल अघि
  • फागुन २१, २०७८

    चौतारा । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ कर्थलीका वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन्। नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष बमबहादुर तामाङलाई एमाले प्रवेश गरेका हुन्।

    उनले नेकपा एमालेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले एमाले प्रवेश गराएका हुन्। वडाध्यक्ष तामाङसहित सयौं एमाले प्रवेश गरेको बताए।

    उनी कांग्रेसको पूर्व जिल्ला सदस्य एवम् अहिले क्षेत्रीय प्रतिनिधि पनि थिए। उनले पछिल्लो केही वर्षयता कांग्रेस सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हावी हुँदै गएको गुनासो गरेका छन्।

    ‘यसका साथै पार्टीले जनचाहाना विपरीत एमसीसी पास गर्ने, कार्यकर्ताहरुले भनेको कुनै कुराको सुनुवाइ नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधानभन्दा व्यक्तिबादी सोच बढी हावी हुने जस्ता गतिविधिले कांग्रेस कार्यकर्ता निराश भएका छौँ’, उनले भनेका थिए, ‘माओवादी द्वन्द्वकालमा समेत पार्टीको गतिविधिमा सक्रिय भएको सबैलाई अवगत छ। पार्टीमा निरन्तर लागिरहँदा माओवादीहरुले मलाई गोली हानेर घाइते बनाएका थिए। तर तपाँइहरुको सबैको माया, ममताका कारण म गोली लागेपनि बाच्न सफल भएँ।’

    उनले ३२ वर्षमा माया गरेको, रगत पसिना बगाएको पार्टी कांग्रेस बिहीबारदेखि नै परित्याग गरेको घोषणा गरेका थिए।

    ‘म राजनीतिक प्राणी भएकाले फेरी राजनीतिक मोर्चाबाटै तपाईं सबैसँग भेटघाट हुने नै छ’, उनले भनेका छन्, ‘मन साटासाट हुने नै छ। फेरि पनि तपाईँहरूको माया र ममता र स्नेह पाउने नै छु’ उनको भनाइ थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस