२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘तातोपानी नाका खोल्न कूटनीतिक पहल गरिरहेका छौं’

  • २०७८ फागुन २१, शनिबार मा प्रकाशित २ साल अघि
  • फागुन २१, २०७८

    चौतारा । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तातोपानी नाका पूर्ण रुपमा खुलाउने पहल भइरहेको बताएका छन् । २०७२ को भूकम्पपछि तातोपानी नाकाबाट निरन्तर व्यापार हुन नसकेको बताए।

    उनले भने, ‘बन्द भएको त नभनौं तर राम्ररी खुलेको छैन । नाका खुलाउने सम्बन्धमा हामीले वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै उच्चस्तरीय कूटनीतिक पहल पनि गर्यौं । सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा पनि बैठक नभएको होइन । पहिले सयौं मालबाहक कन्टेनर आउँथे, अहिले मुस्किलले ५(७ वटा आउँछन् । यसलाई पूर्ण रुपमा सञ्चालन गराउन हामी लागि परेका छौं ।’

    तातोपानी नाका पूर्ण रुपमा सञ्चालन नहुँदा रोजीरोटीमा समस्या आएको पनि उनले बताए ।

    उनले भने, ‘तातोपानी ऐतिहासिक नाका हो । नेपाली अर्थतन्त्रलाई धान्ने नाका पनि हो । तर बेइजिङले पूर्ण रुपमा नखोल्दा र सामान आउन नसक्दा रोजीरोटीमै समस्या देखा परेको छ । यसको समाधान हुनु जरुरी छ ।’

    आफूले चीनबाट नेपालमा सामान आउने मात्र होइन, नेपालबाट पनि चीनमा सामान पठाउने वातावरण तयार गर्नु जरुरी रहेको उनले बताए ।

    अध्यक्ष पौडेलले भने, ‘मालवाहक कन्टेनरको संख्या बढाउने हाम्रो पहल कदमी आफ्नो ठाउँमा छ । त्यसमा खबरदारी गर्ने काम पनि भइरहेको छ । तर उताबाट सामान आउनु मात्र पनि ठूलो कुरा होइन । नेपालका सामान पनि त्यता जानुपर्छ । निकासी र पैठारी दुवै भएन भने आर्थिक सम्बन्ध असन्तुलित हुन जान्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस