२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

जेसिभि दुर्घटना हुँदा सहचालककाे मृत्युु

Thumbnail
  • २०७८ फागुन २०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • फागुन २०, २०७८

    चाैतारा । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका- १२ खहरे केराबारीछापमा जेसिभि दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्र.ना.उ.दक्ष कुमार बस्नेतका अनुसार सहचालक महोत्तरी जिल्लाको बर्दिबास न.पा. ६ बस्ने बर्ष १८ का रोहित आले मगरको घटनास्थल मै मृत्यु भएको हो ।

    निर्माणाधिन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा.२ क ६६१८ नं. को जेसिभि माटोमा भासिन गई सडकबाट अन्दाजी सय मिटर तल खसेको प्र.ना.उ बस्नेतले बताए ।

    चालक बाँके राप्तीसोनारी गा.पा. ४ बस्ने बर्ष २२ को प्रकाश चौधरी सकुसल रहेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस