२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘सभामुखलाई जेल पठाउनेसम्मको योजना भत्काउन सफल भइयो’

  • २०७८ फागुन २०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • फागुन २०, २०७८

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वएमालेका १४ सांसद्को पद जोगाउन र सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर जेल पठाउने तयारी भत्काउन आफूहरू सफल भएको बताएका छन्।

    पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग एमसीसी संसद्बाट अनुमोदन गरेर मुलुकलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताए।

    उनले एमसीसीबारे पार्टीको अडान फेरिएको नभई १२ बूँदे व्याख्यात्मक घोषणा गरेर अडानमै रहेर आवश्यकताअनुसार सही निर्णय गरेको दाबी गरे। बैठकमा प्रचण्डले एमसीसी पास भएसँगै पाँच दलीय सत्ता गठबन्धन जोगाएर आगामी स्थानीय निकायको चुनावमा मिलेर जाने वातावरण बनेकाले चुनावी गठबन्धन गर्ने बताएको एक नेताले बताए।

    एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्रै चर्को आलोचना व्यहोरेका प्रचण्डले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएका थिए। बैठकमा एमसीसीबारे आफूले गरेको निर्णयको बचावट गर्दै उनले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएरै भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गरिछाड्ने योजना बनाएकाले व्याख्यात्मक घोषणामा सहमति गरिएको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस