२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

युक्रेनको हालतबाट पाठ सिकौँ, एमसिसीकाे चाराेमा नफसौँ : सरल सहयात्री

  • २०७८ फागुन १४, शनिबार मा प्रकाशित २ साल अघि
  • फागुन १४, २०७८

    चौतारा । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश समिती अध्यक्ष सरल सहयात्री पौडेलले युक्रेनको हालतबाट नेपालले पाठ सक्नुपर्ने बताएका छन्। युक्रेनको घटनाबाट पाठ नसिके कुनैपनि बेला नेपालको अस्तित्व र सार्वभौमिकता नष्ट हुने खतरा रहेको बताएका छन्।

    फेशबुकमा लेखेका छन्, ‘युक्रेनको हालतबाट नेपालले पाठ सिकेन भने कुनैपनि बेला नेपालको अस्तित्व र सार्वभौमिकता नष्ट हुने खतरा छ । जनयुध्द चल्दै गर्दा जनयुध्दलाई आतंकवादसंग जोडेर नेपाल प्रबेश गर्न खोजेको अमेरिकी साम्राज्यवादको उपनिवेस भन्दा नेपालका संसदबादी दलहरुसंगको समझदारी र तत्काललाई राजतन्त्रात्मक सामन्तवादको अन्त देशको हितमा छ भन्ने मूल्यांकन सहित बाह्रबुँदे समझदारी गरेर माओवादीले शान्ति प्रकृया रोजेको हो ।’

    नेपालमा प्रवेश गर्ने कानुनी आधार अमेरिकाले नपाउदै जनआन्दोलन र शान्तिप्रकृयाले त्यो संकट टारेको स्मरण गरेका छन्।

    ‘अहिले एमसिसिको चारो छरेर चीनलाई सिकार खेल्ने अमेरिकी इण्डोप्यासिफिक रणनीतिमा नेपालको कानुनी मार्ग खोल्न अतिनै दुस्प्रयास चलिरहेको छ’ उनले लेखेका छन्, ‘कथंकदाचित नेपाली कांग्रेस र एमालेले यो मुर्खतामा हस्ताक्षर गरेर अमेरिकाले नेपाललाई कृडास्थल बनायो भने विश्वमहाशक्तिको दौडाहामा रहेको चीनले नेपालाई युक्रेन बनाउदैन भन्ने विश्वासको आधार छैन। हाम्रो लागि न चिन न अमेरिका। हाम्रा लागि सवथोक नेपाल हो।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस