२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

पर्यटकीय स्थल दुगुनागढीमा हेलिप्याड निर्माण

  • २०७८ फागुन १४, शनिबार मा प्रकाशित ३ साल अघि
  • फाल्गुन १४, २०७८

    चौतारा । भोटेकोशी गाउँपालिकाको आर्थिक सहयोग र नेपाली सेना श्री गोरखबक्स गणको प्राविधिक सहयोगमा दुगुनागढीमा हेलिप्याड निर्माण भएको छ।

    हेलिप्याडको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र श्री नं २६ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी ज्योतिन्द्र महतबाट शनिबार संयुक्तरुपमा उद्घाटन गरेका हुन्।

    जिआर ९३३५८९१५ रहेको यो हेलिप्याडको उचाई २०९२ मिटर रहेको छ । यो हेलिप्याड निर्माण सम्पन्न भएपश्चात ऐतिहासिक दुगुनागढीको महत्व पनि बढेको छ।

    यस प्रकारका कामले ऐतिहासकि एवम् पर्यटकीय स्थलको थप सम्मान हुने अध्यक्ष पौडेलले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस