फागुन ४, २०७८
चाैतारा । बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत यतिखेर चिनियाँ कम्पनी सिनो हाइड्रोले धमाधम मर्मत गरिरहेको छ।
आयोजनाका अनुसार अहिले बाढीले पुरिएको गेग्य्रान निकालिँदै छ। तर, गेग्य्रान र माटो निकाल्दै गर्दा ठूला ढुंगा निस्किएपछि काम गर्न कठिन भएको छ।
आयोजना प्रमुख वासुदेव पौडेलले त्यस्ता ठूला ढुंगा विस्फोट गरेर फुटाइरहेको जानकारी दिए।
‘पुरिएको टनेलको माथिल्लो भागकाे लेदो सबै हटाएपछि टनेल देखिएकाे छ,’ उनले भने, ‘अब टनेल खन्ने हो, खन्दै गर्दा गहिराइमा पुग्यौं, ठुल्ठूला ढुंगा भेटिए, एक्स्काभेटरले पनि पन्छाउन नसक्ने खालका भेटिए, विस्फोट गरेर फुटाउन शुरु गरेका छौँ।’
उनका अनुसार माटो, लेदो सबै निकालेर टनेल भेट्न अझै १५ दिनजति समय लाग्ने छ। अहिले १० वटा डोजर प्रयोग गरिएको छ। हालसम्म करिब ६० हजार घनमिटर माटो निकालिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस