२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

कार्यसम्पादन मुल्यांकनमा सिन्धुपाल्चोक पहिलो, ८४.६७ अंक प्राप्त

  • २०७८ फागुन ३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • फागुन ३, २०७८

    चाैतरा । बागमती प्रदेशबाट कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पहिलो भएको छ ।

    कार्य सम्पादन सम्झौताको ‘मासिक मूल्याङ्कन मापदण्ड– २०७८’ अनुसार २०७८ श्रावणदेखि पौष महिनासम्मको मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालयतर्फ ८४.६७ अंकका साथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक उत्कृष्ट भएको हो ।

    प्रथम हुन सफल जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस