२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

प्रचण्डपुत्रको अप्रत्याशित निधन

Thumbnail
  • २०७४ मंसिर ३, आईतबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    ३ मंसिर २०७४, सिन्धुपाल्चोक ।

    प्रचण्डपुत्र प्रकाश दाहालको अप्रत्याशित निधन भएको छ । उनको लाजिम्पाटस्थित निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी आएको छ । आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

    पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ अबको केही बेरमा उनको मृत्युबारे अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी गरिरहेको छ ।

    तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शुक्रबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।

    यता, आमा सीता दाहालको पनि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोली लाजिम्पाट पुगेको छ । वाइसीएलका अध्यक्ष दीपशीखाले दिएको जानकारी अनुसार प्रचण्ड बिराटनगरबाट काठमाडौँ आउँदैछन् भने पत्नी बिना मगर कञ्चनपुरबाट काठमाडौँ आउँदैछिन् । त्यस्तै, दिदी रेणु दाहाल पनि चितवनबाट काठमाडौँ आउँदैछिन् ।

    अस्पतालमा माओवादी नेताहरु आउने क्रम जारी रहेको छ । राम बहादुर थापा ‘बादल’ तथा गिरिराज मणि पोखरेल अस्पताल पुगेका छन् । यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ ।

    प्रकाश प्रचण्डका एक्लो छोरा हुन् । तीन छोरी रहेकोमा जेठी छोरी ज्ञानु दाहालको क्यानसर रोगबाट निधन भएको थियो ।

    यसरी भयो मृत्यु
    पारिवारिक स्रोतका अनुसार शुक्रबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन् । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए ।

    सामान्य ज्वरो आए पनि प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको पारिवारिक स्रोतले बतायो । खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुकहरु केही पनि चलाएनन् । प्रकाश दाहाल बिहानै चाँडै उठ्थे । तर, शनिबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । उनको होस गुम भइसकेको थियो ।

    छोरो अचेत अवस्थामा देखेपछि आमाले हतार–हतार सन्तु दराई (परवाना) लाई बोलाइन् । त्यहाँबाट गाडीमा हालेर नर्भिक अस्पतालमा पुर्याउँदा बिहानको करिब पौने ६ बजिसकेको थियो । र, त्यसबेलासम्म उनको मृत्यु भइसकेको  थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस