२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चोकका १२ स्थानीय तहमा जनयुद्ध दिवस मनाइँदै

  • २०७८ माघ २९, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ २९, २०७८

    चाैतारा । नेकपा (माओेवादी केन्द्र ) सिन्धुपाल्चोकले भाेली (फागुन १ गते ) जिल्लाका १२ स्थानीय तहमा विविध कार्यक्रम गरि एकैसाथ २७ औं जनयुद्ध दिवस मनाउने भएकाे छ ।

    सिन्धुपाल्चोकका १२ ओटै स्थानीय तहमा विविध कार्यक्रमका साथ २७ औं जनयुद्ध दिवसलाई भव्यतामुलक तरिकाले मनाइने नेकपा (माओवादी केन्द्र ) सिन्धुपाल्चोक समन्वय समितिका संयाेजक गाेविन्द पराजुलीले जानकारी दिए ।

    सिन्धुपाल्चोककाे सबै स्थानीय सहमा एकैसाथ हुने औपचारिक कार्यक्रमकाे लागि माओवादीले प्रमुख वक्ताकाे समेत टुंगाे लगाएकाे संयाेजक पराजुलीले बताए । कार्यक्रमलाई विभिन्न वक्ताहरूले सम्बाेधन गर्ने तयारी छ।

    वक्ताहरु:

    भाेटेकाशी गाउँपालिकामा: सरल सहयात्री पाैडेल

    बाह्रबिसे नगरपालिका : रेखा शर्मा

    लिसंखुपाखर गाउँपालिका : माधव सापकाेटा

    जुगल गाउँपालिका : चन्द्र सापकाेटा ,

    चाैतारा साँगाचाेकगढी नगरपालिका : कृष्णप्रसाद सापकाेटा

    इन्द्रावती गाउँपालिका : गाेबिन्द पराजुली,

    पाँचपाेखरी थाङ्पाल गाउँपालिका : युवराज दुलाल

    हेलम्बु गाउँपालिका : बलराम बि.क,

    मेलम्ची नगरपालिका : डिलाराम आचार्य

    सुनकाेसी गाउँपालिका : रामदिप आचार्य,

    बलेफि गाउँपालिका : रामप्रसाद सापकाेटा,

    त्रिपुरासुन्दरी गाउँपालिका : केशव नेपाल

    तत्कालिन नेकपा (माओवादी ) ले २०५२ साल फागुन १ गतेबाट तत्कालिन राज्यसत्ताकाे विरुद्धमा जनयुद्धको घाेषणा गरेकाे थियाे ।

    १० बर्ष सम्म सञ्चालित जनयुद्धले राज्यकाे शासकीय स्वरुप परिवर्तनमा निर्णायक भुमिका खेल्याे । अर्कातिर जनयुद्धले देसमा ठुलाे जनधनकाे क्षति पनि गर्याे ।

    ०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नेकपा (माओवादी ) काे तर्फबाट बाबुराम भट्टराई नेतृत्वको टाेलिले संविधान सभाकाे निर्वाचनलाई मुख्य नारा बनाउँदै शासकीय स्वरुप परिबर्तनकाे बिभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएकाे थियाे ।

    आफ्नाे माग पूरा नहुने निश्चित देखेपछि ०५२ फागुन १ गतेबाट माओवादीले जनयुद्धको घाेषणा गर्याे ।
    १० बर्षे जनयुद्धले देशकाे शासकीय स्वरुपमा आमूल परिवर्तन गर्न सफलत भयाे । एकात्मक राज्य ब्यबस्थालाइ हटाएर देस गणतन्त्रमा गयाे ।

    तर देसमा गणतन्त्र आएता पनि दूरदराजका जनताले अझै परिवर्तनकाे महशुस गर्न पाएका छैनन् । माओवादीले जनयुद्धताका उठाएका कतिपय नाराहरु अझै पूरा हुन सकेका छैन् ।

    २७ औं जनयुद्ध दिवस मनाउने अबस्था सम्म आइपुग्दा माओवादी पार्टी टुटफुट हुँदै झण्डै आदा दर्जनकाे संख्यामा विभाजित छ । १० बर्षे जनयुद्धकाे मुल हिस्सा ओगट्ने नेकपा (माओवादी केन्द्र ) माओवादीकाे मागलाई बेवास्था गर्ने माओवादीलाइ जनयुद्धमा धकेल्ने उनै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस