२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

एमसीसी अघि नबढाउँदा महरालाई रोशनीकाण्ड लगाइयो : सरल सहयात्री

  • २०७८ माघ २६, बुधबार मा प्रकाशित २ साल अघि
  • माघ २६, २०७८

    चौतारा । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश समितिका अध्यक्ष सरल यात्रीले सभामुख अग्निप्रसाद सापकोटा महाअभियोग लगाउन खोज्नेहरुलाई विदेशी दलालको संज्ञा दिएका छन्।

    उनले सभामखु महाअभियोग सामना गर्न तयार रहेको बताउँदै देशका लागि गठबन्धन नै मूल कुरा नहुने पनि तर्क गरेका छन्।

    यस्तोमा सभामुखविरुद्ध महाअभियोग लगाउने कुरालाई लिएर सरल सहयात्रीले आक्रोश पोखेका हुन्।

    ‘लगाऊ महाअभियोग, तोड गठबन्धन देशसामु गठबन्धन के चिज हो? गठबन्धनका कुरा छाड, संसारका कुनै पनि साम्राज्यवादी तागतसामु आफ्नो स्वाभिमान समर्पण गर्ने निम्छरो स्कुलिङ होइन माओवादी पार्टीको’, उनले भनेका छन्, ‘लगाऊ महाअभियोग, केही हल्लिने छैन। सभामुख यसको सामना गर्न तयार छन्।’

    उनले एमसीसी टेबल गर्न अस्वीकार गरेकैले कृष्णबहादुर महरामाथि रोशनी काण्ड लगाइएको पनि जिकिर गरेका छन्।

    ‘विस्तारै तिमी दलालहरुका असलियत खुल्दैछ, एमसीसी टेबल गर्न अस्वीकार गरेकै कारण कृष्णबहादुर महरालाई सभामुखबाट हटाउन रोषनीकाण्डको प्रपञ्च तयार पारिएको थियो’, उनले भनेका छन्, ‘वर्तमान सभामुख अग्निप्रसाद सापकोटामाथि नियोजित अर्जुन लामा हत्याको मुद्दा उछाल्ने निरन्तरको असफल प्रयास जारी छ।’

    उनले एमसीसी संसदमा टेबल नगर्ने सभामुखको अडानकै कारण सीआईए र रअका एजेन्टहरु सल्बलाएको पनि बताएका छन्।

    ‘एमसीसी टेबल नगर्ने अडानबाट सभामुख सापकोटा हलचल नआएपछि कथित नागरिक अगुवा र राजनीतिक दलका पर्दाले आफ्ना असली अनुहार छोपेका सीआईए र रअका दलालहरुले सभामुखलाई महाअभियोगको घोषणा गरेछन्’, उनलेका छन्।

    पछिल्लो समय एमाले नेताहरुसहित नागरिक अभियन्ताले सभामुखमाथि महाअभियोग लगाउन माग गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस