२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

बाढीपीडितलाई गृहमन्त्रीकाे आश्वासन : सरकार साथमा छ, निश्चिन्त हुनुस्

  • २०७८ माघ २२, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ २२, २०७८

    चाैतारा । गृहमन्त्री बालकृष्ण खाँणले हेलम्बु मेलम्ची बाढीपीडितकाे समस्या सरकारले समाधान गर्ने आश्वासन दिएका छन्।

    बाढीले क्षति पुर्‍याएको हेलम्बु गाउँपालिका चनौटे बजार जोड्ने नवर्निमित पुल (बेलिब्रिज) उद्घाटन गर्दै उनले भने, ‘बाढीपीडितको लागि सरकार प्रतिबद्ध भएर लाग्दैछ, यहाँको सम्पूर्ण क्षतिग्रस्त संरचनाबारे विवरण लिएका छौं, सडक, पुलजस्ता भौतिक संरचनाको पुननिर्माण हुनेछ ।’

    उनले जनप्रतिनिधि र स्थानीय बाढीपीडितलाई भेट्दै सम्पूर्ण समस्यालाई समाधान गर्न लागिपर्ने आश्वासन दिए ।

    बाढी आएको सात महिना बितिसक्दा पनि पुलको डीपीआर नभएको जनप्रतिनिधिको गुनासो सुनेपछि मन्त्री खाँणले तत्कालै सम्बन्धित नियकालाई गम्भीर बन्न निर्देशन दिएका थिए । ‘सरकार सधैं यहाँको प्रत्येक समस्याबारे पहलकदमीमा लागिरहनेछ, निश्चिन्त हुनुस्,’उनले भने ।

    यसअघि खाँणले मेलम्ची बाढीको उद्गमस्थल हेलम्बुको सेमिसिदाङ हिमालको काख भेमेथाङ चउरको भौर्गभिक अध्ययन गर्न विज्ञ र भूर्गभविदको टिम खटाएका थिए ।

    विज्ञले प्रारम्भिक अध्ययन सार्वजनिक गरे पनि मूल अध्ययन प्रतिवेदन, पुनर्निर्माण र भौतिक तयारी केही भएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस