२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

निर्वाचन आयोगको प्रस्ताव : जेठ ४ मा स्थानीय तहकाे निर्वाचन

  • २०७८ माघ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • माघ १८, २०७८

    काठमाडौं । निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

    निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा लिखित प्रस्ताव पेस गरेका हुन् । छलफलमा आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्ने समझदारी बनेको बताइएको छ ।

    आयोगले निर्वाचनका लागि अनुमानित १२ अर्ब खर्च लाग्ने पनि उल्लेख गरेको छ । त्यस्तै कोभिड संक्रमणप्रति सजग रहँदै स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेसमेत आयोगको प्रस्तावमा उल्लेख रहेको छ ।

    आयोगले निर्वाचनअघि सबै मतदाताले खोप लगाएको सुनिश्चित गरिनुपर्ने समेत जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस