माघ १८, २०७८
चौतारा । सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।
सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।
सभामुख गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको हाल स्तरोन्नतीको काम भइरहेको बलेफी जलविरे कात्तिके तेम्बाथान सडक अन्तर्गत बलेफी नौबिसे सडक खण्डको अनुगमन गर्न जादैगर्दा कालो झण्डा देखाएको हो।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।
यसअघि मंगलबार बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।
प्रतिक्रिया दिनुहोस