२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

देउवालाई प्रचण्डले भने : ​संशोधन नगरी एमसिसी संसद्मा लैजानै हुँदैन

  • २०७८ माघ १७, सोमबार मा प्रकाशित २ साल अघि
  • माघ १७, २०७८

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पुरानै अडान दोहार्याएका छन् ।

    आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको प्रचण्डले पुरानै अडान दोहार्याएको उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लिएर बालुवाटार पुगेका थिए ।

    सो अवसरमा प्रचण्डले संशोधनबिना एमसिसी पारित गर्न नसकिने स्पष्ट पार्दै संशोधन नगरी संसद्मा लैजानसमेत नहुने धारणा राखेका छन् । जसलाई नेता नेपालले पनि समर्थन गरेको बताइएको छ ।

    प्रचण्डले यसअघिका भेटमा पनि कांग्रेस सभापतिसमेत रहेका देउवालाई एमसिसी संशोधन नगरी पास गर्न नहुने बताउँदै आएका थिए ।

    पार्टीभित्र देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भूसाल, गिरीरामणि पाखेरेल लगायतका एमसिसीको विपक्षमा खुलेरै लागिरहेका छन् ।

    यसर्थ, प्रचण्ड पछि सरेको विश्लेषण गरिएको छ । स्वयम् प्रचण्डले कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा यथास्थितिमा एमसिसी पास नगर्ने बताउँदै आएका छन् ।

    एमसिसी पास गर्न संसद्को दुई–तिहाई बहुमत आवश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस