माघ ८, २०७८
काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता भएका छन् ।
दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी ९कोइराला० बेपत्ता भएका हुन् ।
एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवाहिता उनीहरूका बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुंगामा फेला परेको हो ।
कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् ।
शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरूका आफन्तले गरेका छन् ।
परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए । फुयाँलको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी छ ।
प्रतिक्रिया दिनुहोस