२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

पूर्वमन्त्री दुलालको प्रस्ताव : भातरको हस्तक्षेपविरुद्ध एकजुट बनाैँ

  • २०७८ माघ २, आईतबार मा प्रकाशित ३ साल अघि
  • माघ २, २०७८

    चौतारा । बागतमी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल शरदले सीमामा भारतको हस्तक्षेपबारे सबै दलहरुले संयुक्त विज्ञप्ती निकाल्न प्रस्ताव गरेका छन्।

    कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो धारणा फेशबुकमा राख्दै उनले भनेका छन्, ‘आज नै नेपाल स्थित भारतीय राजदुतावासले कालापानी, लिपुलेक र सिम्पियाधुराको सिमाका सवालमा भारत आफ्नो पुरानै अडानमा स्पष्ट रहेको त्यो भूमी भारतकै भएको जानकारी नेपाल सरकारलाई दिईएको सन्देशसहित यस बारेमा थप स्पष्ट हुन चाहे भारत संवाद पनि गर्ने भन्ने सन्देश दिने विज्ञप्ति जारी गरेको छ।’

    उनले कांग्रेस, माओवादी, एमाले सबैको धारणा एउटै रहेका बेग्लाबेग्लै विज्ञप्ती भन्दा एउटै विज्ञप्ती निकाल्दा थप दबाव बढ्ने उल्लेख गरेका छन्।

    ‘नेपाली कांग्रेकिा महामन्त्रीद्वयले नेपाली कांग्रेसको धारणा भनेर एउटा प्रेस नोट पनि जारी गरेका छन् । माओवादी केन्द्र र एमालेले पनि यी क्षेत्र नेपालकै रहेको बारम्बार बोलिरहेका छन् नै । सबै दलको यस बारेमा समान धारणा हो भने किन संयुक्त विज्ञप्ति जारी नगर्ने? उनले प्रश्न गर्दै लेखेका छन्, ‘सबै दलले संयुक्त विज्ञप्ती जारी गर्ने र सरकारले पनि त्यही अनुसार कदम चाल्ने हो भने भारतले खेल्ने ठाउ पाउने छैन र हाम्रो भुमि माथिको दावी र पुनः प्राप्ती गर्ने कुरामा पनि बल पुग्नेछ।’

    नेपालका दलहरु र सरकार एउटै आवाज र साझा अभियानका साथ अघि बढ्न नसकेसम्म सो भुमी फिर्ता लिन सम्भव नभएएको बताएका छन्।

    देशको भूमिमाथिको राजनीतिक बेईमानी बाहेक केही हुने वाला नभएको उनको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस