२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

चाडपर्वले राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान गर्छ : सभामुख

  • २०७८ माघ १, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ १, २०७८

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वले एकता कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताएका छन्।

    २०७८ सालको माघी माघे संक्रान्ति पर्वका अवसरमा सम्पूर्ण शुभकामना व्यक्त गर्दै उनले भने, ‘थारु समुदायले यस पर्वलाई ‘माघी’ का रुपमा मनाउँछन् । थारुहरुको यो नयाँ बर्ष आरम्भ पनि हो । मगर समुदाय लगायतले यस पर्वलाई माघे संक्रान्ति (मकर संक्रान्ति) का रुपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्न भिन्न भेग र समुदायमा फरक ढंगले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ । यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायतका विभिन्न परिकार खाने दिनका रुपमा पनि लिइन्छ ।’

    माघे संक्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उदाहरण भएको उल्लेख गरेका छन्। विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यताहरु मौलिक विशेषता भएको उनको भनाइ छ।

    ‘पर्वहरुले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा रहेकोले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन सबैमा अपिल गर्दछु’ सभामुखले भनेका छन्, ‘आपसी सद्भाव, आत्मीयता र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस