२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

चीनसँग जोडिएका नाका खोल्न माग गर्दै प्रदर्शन

  • २०७८ पौष २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • पुस २८, २०७८

    चौतारा । चीनसँग जोडिएका तातोपानी र केरुङ नाका खुला गर्न माग गर्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।

    बुधबार काठमाडौँको माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीय बासिन्दाले चीनसँग जोडिएका तातोपानी र केरुङ नाकाहरू खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन्।

    आन्दोलनमा सहभागी अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न माग गरे। उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर सीमास्तम्भ सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए।

    आन्दोलनकर्मी तामाङले भने, ‘केरुङ, खासा नाकाहरू खुला गरिनुपर्छ। हुम्लामा रहेको १२ नम्बर पिलर सार्न पाइँदैन। त्यसमा चीन सरकारले हेर्नुपर्छ।’

    आन्दोलनकर्मीहरूले ’नेपाल चाइना नाका खुला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर’ लगायतका नारा लगाएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस