पुस २८, २०७८
चौतारा : गत असार १ गते आएको बाढीले पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अवस्थाको बारेमा अध्ययन गर्न करीब दुई साता अघि एशियाली विकास बैंक (एडीबी)को टोली मेलम्ची नदीको उद्गमस्थल भेमाङथाङ गएको थियो ।
टोलीले त्यहाँ रहँदा माटोको थिकनेस, बगेको माटोको अवस्था र चट्टानको अवस्थितिको विषयमा अध्यययन गरेको एडिवी टोली प्रमुख हरि घिमिरेले बताए।
तीन किलोमिटर वरिपरिको सबै क्षेत्रमा नै भौगर्भीक अध्ययन गरिएको उनले जानकारी दिए। हिमपात परेकाले अध्यनको केही काम मात्र बाँकी रहेको उनको भनाइ छ ।
‘तीन किलोमिटर जमिनको सब भाग स्कायन गरेर अध्ययन गरेका छौँ । मौसम प्रतिकुल भएकाले अध्ययनको डीजीपीएस (डिफ्रेन्सिलय ग्लोबल पोजिसनल सर्भे) काम मात्र बाँकी छ अरु सम्पन्न भयो,’ उनले भने।
डीजीपीएसको काम गर्नको लागि आकाश खुल्नु पर्दछ । डीजीपीएस सर्भेको लागि खोला कहाँकहाँबाट बगेको छ भन्ने मूल ठाँउ पत्ता लगाउन गरिने काम हो ।
मौसममा सुधार भएर हिउँ पग्लन सुरु भएसँगै अध्ययन टोली पुनःभेमाङथाङ जाने टोली प्रमुख घिमिरेले बताए। अबको अध्ययन डेढ घण्टामै सकिने भएकाले हेलिकोप्टरलाई त्यहि क्षेत्रमा होल्ड गरेर काम सकेर फर्कने अध्ययन टोलीको योजना छ ।
बाँकी रहेको काम सकेको १५/२० दिनमै सबै अध्यननको अध्ययन प्रतिवेदन सार्वजनिक गरिने टोली प्रमुख घिमिरेले जानकारी दिए।
अध्यननका लागि लगिएको ८० लाख बराबरको सामग्री हिउँमा पुरिएको घिमिरेले सुनाए। तर, अध्ययनको सबै रेकर्ड ल्यापटपमा रहेको र त्यो सुरक्षित रहेकाले प्रतिवेदन चाँडै आउने उनले बताए।
अध्ययनको प्रतिवेदन पहिले एडीवीलाई बुझाएर मात्र सार्वजनिक गरिने छ । प्रारम्भिक अध्ययनमा पहिरो गएर थुप्रिएको माटोमा पानी परिरहेकाले बगेको देखिएको छ । अध्ययन माटोको संकलित मात्रा र खानेपानीको हेडबक्सलाई सुरक्षित गराउने उपायको बारेमा रहेको टोली प्रमुख घिमिरेले बताए।
प्रतिक्रिया दिनुहोस