पुस २४, २०७८
चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको ९ औँ जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्न हम्मेहम्मे भएको छ। शुक्रबार अधिवेशनको उद्घाटनसत्र सकिएको भएपनि नेतृत्व चयन हुन सकेको छैन।
नयाँ कार्यसमितिको लागि जिल्ला तहबाट गाँउपालिका तहमा अधिकार दिइएको छ । कुल १०५ जना सदस्य निर्वाचित हुने भएकोले पालिकाको संगठित सदस्य संख्याको आधारमा पालिकास्तरिय सदस्य संख्या छ। जिल्लाका १२ वटै पालिकाले पुस २७ गते नामावली पेश गर्नेछन् ।
पालिकाबाट सहमति भएर आएपछि उनिहरूको निर्वाचन प्रकृया भने २९ गतेबाट शुरु हुनेछ । पालिकाबाट छानिएका सदस्यहरुले प्रकृयाको लागि मनोनयन दर्ता गर्नेछन् । पदाधिकारीको लागि पनि उनीहरुमध्येबाटै मनोनयन दर्ता हुनेछ ।
पदाधिकारीमा एकै पदमा १ भन्दा धेरै उम्मेदवारी परेमा सहमतिको प्रयास हुनेछ र सहमति भएमा माघ २ गते जिल्ला कमिटी घोषणा हुनेछ । सहमति हुन नसकेकोमा भने माघ ५ गते निर्वाचन हुनेछ ।
निर्वाचनको लागि १२ वटै स्थानिय तहको केन्द्रमा निर्वाचन केन्द्र हुनेछ । जिल्लाका १९ हजार संगठित सदस्यले मतदान गर्नेछन् ।
अध्यक्ष पदको लागि अहिलेसम्म ४ जनाको चर्चा रहेको छ । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ र जिल्ला अधिवेशन आयोजना समितिका उपसंयोजक बालकृष्ण देउजाले अध्यक्ष पदको लागि दाबी गरिहेका छन्।
नेपाल र क्षेत्री एमाले १० बुँदे सहमतिपछि एमालेमै रहेका नेता हुन्। भने श्रेष्ठ र देउजा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका हुन्।
९औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी आन्तरिक जीवनमा प्रतिद्वन्द्विका रूपमा स्थापित तामाङ र कर्माचार्यको कलह दशौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा कित्तामात्रै अलग भएको छैन पार्टीसमेत फरक हुने देखिएको छ ।
कर्माचार्यलाई केन्द्रीय सदस्यको रिङबाट आउट गराउन लागि परेका तामाङ समूह लागेको उनीहरूको दाबी छ । ओलीनिकट मानिएका सिन्धुपाल्चोकका अन्य नेताहरूले समेत उनको साथ छाड्ने देखेपछि तामाङमाथि दबाब बढेको हो ।
प्रतिक्रिया दिनुहोस