२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

अध्यक्ष निर्वाचित भएपछि प्रचण्ड भन्छन् : मेराे लागि अन्तिम अवसर हाे

  • २०७८ पौष १९, सोमबार मा प्रकाशित २ साल अघि
  • पुस १९, २०८९

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताको लागि केही समय अझै दु:ख गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

    आठौँ महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय समितीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देश र जनताको सेवा गर्ने मेरो लागि अन्तिम अवसर र चुनौती पनि हो। अब उमेर पनि भयो। आज यो जिम्मेवारी बहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीको रुपमा लिएको छु।’

    नेता कार्यकर्ताहरूले अब आफूमाथि लागेको धुलोमैलो टक्टक्याएर रुपान्तरित भएर लाग्नुपर्ने संकल्प गरे। 

    प्रचण्डले भने, ‘देशको अवस्था र पार्टी रुपान्तरणको आवश्यकतालाई हेर्दा, राजनीति स्थिरता र पार्टीलाई सृदृण बनाउनको लागि पार्टीमा दुख गरेर सक्रिय हुनुपर्ने बाध्यता छ।’

    प्रचण्ड नभए माओवादी पार्टी के हुन्छ? भन्ने प्रश्न नै गलत भएका टिप्पणी गरे। पार्टीले युगान्तकारी परिर्वतनको आधार तय गरेको हुनाले माओवादी आन्दोलन प्रभावित नहुने उनको भनाइ छ। 

    ‘मेरो काँधमा निकै ठुलो जिम्मेवारी थपिएको महसुश गरेको छु’ उनले भने, ‘एकथरी प्रवृत्ति र शक्ति गठबन्धन टुटाउन लागिरहेका छन्। गठबन्धन निर्माण गरेर एकतालाई कायम राख्नका लागि निर्वाचनसम्म जाने वातावरण बनाउनको लागि मैले र नारायणकाजीले आज पनि धेरै मेहनत गरेका छौँ। सफल भएका पनि छौँ।’
     
    माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत चिज नभएको बताए। ‘हामीले सोचजस्तै महाधिवेशन विचारमा आधारित बन्यो। समूहगत छलफल गरेर बहस गरेर प्रतिवेदन र विधान पारित गरेको थियौँ, पार्टीमा सामुहिक नेतृत्वको रुपमा पार्टीलाई अगाडि बढाएका छौँ’ प्रचण्डले भने।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस