२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कथा सुनाउँदै प्रचण्डले भने : अब भेडाजस्तो नहुने !

  • २०७८ पौष १०, शनिबार मा प्रकाशित २ साल अघि
  • पुस १०, २०७८

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अब अरु दलभन्दा भिन्न तरिकाले अघि बढ्ने बताएका छन्। 

    शनिबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले अहिले आफूहरु पनि अरु दलहरु जस्तै देखिएको भन्दै सिंह र भेडाको कथा सुनाए। 

    ‘शिकार खेल्न जाने क्रममा सिंहको बच्चा आमाबाट छुटेर भेडाको बथानमा छिरेछ । विस्तारै सिंह बढ्दै गयो । तर उसको संगत उठबस भेडासँग भएकाले गर्जिने बेला भएपछि भ्या.. भ्या.. गरेर कराउन थालेछ । भेडासँगै घाँस पनि खान थालेछ । एक दिन साँच्चिकै सिंह शिकार खेल्न भेडाको बथान नजिक जाँदा सिंहलाई देखेर छक्क परेछ । उ त भ्या.. भ्या.. गर्दै डराउन थालेछ’ प्रचण्डले भने,  ‘शिकार खेल्न गएको सिंहले पनि भेडालाई छाडेर त्यसैलाई समातेछ र इनारमा लगेर उसको अनुहार देखाइदिएछ । हामी त सिंह हो कहाँ भेडाको बथानमा बसेर भ्या.. भ्या.. गरेको ? भनेपछि उसले जंगल नै थर्कने गरी गर्जिएछ।’

    अहिले आफूहरु पनि भेडाजस्तो देखिएको भन्दै प्रचण्डले थपे, ‘मैले यो के सन्दर्भमा भनेको भने हामी भेडाबाट सिंह बन्ने प्रयास गर्छौं।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस