२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

आजदेखि विद्यालयमै १२-१७ बर्ष समुहका बालबालिकालाई खोप

  • २०७८ पौष ७, बुधबार मा प्रकाशित २ साल अघि

  • पुस ७, २०७८

    चौतारा । आजदेखि १२-१७ बर्ष समुहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । खोपकार्य सहज बनाउन जिल्ला भरका सबै माध्यमिक विद्यालयलाई खोपकेन्द्र बनाइने भएको छ ।

    तेस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाभरका १२-१७ उमेर समुहका बालबालिकालाई तीन दिन भित्रमा मोडर्ना खोप लगाइसकिने स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए ।

    विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समुहका बालबालिकाले समेत नजिकको खोपकेन्द्रबाट खोप लगाउन सकिने चापागाईंले बताए ।

    माध्यमिक रुपमा सञ्चालित निजि विद्यालयबाट पनि खोप सेवा लिन सकिने उनको भनाइ छ।

    नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारीता ९४ प्रतिशत रहेको विस्वस्वास्थ्य संगठन ( डब्लुएचओ) ले जनाएको छ । मोडर्ना खोप हालसम्म उपयोगी रहेको अध्ययनले देखाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस