२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

राज्यमन्त्री गुरुङलाई सम्मान, भन्छिन् : जनताको काममा प्रतिबद्ध छु

  • २०७८ पौष ५, सोमबार मा प्रकाशित २ साल अघि
  • पुस ५, २०७८

    चाैतारा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङलाई आज मेलम्चीमा सम्मान गरिएको छ । नेकपा  (एकीकृत समाजवादी) पार्टी मेलम्चीको आयोजनामा मन्त्री गुरुङलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो । 

    सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पार्टी भन माथि रहेर जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले प्रदेशका बनाउन बाँकी रहेका कानून बनाउन लागिरहेको जानकारी दिँदै कानून बनिसकेपछि काम गर्न सजिलो हुने बताइन्।

    सम्मान गरेकोमा आभार प्रकट गर्दै मन्त्री गुरुङले सबैको समस्या समाधानका लागि पहल गर्ने बताइन् । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस