खबरज्योति
२७ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
नेपाली कांग्रेसले आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । जस अनुसार सिन्धुपाल्चोकमा मिन विश्वकर्मालाई खटाएको छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिले देशभरका जिल्लामा आपूmले जित्न सक्ने सम्भावित क्षेत्रको पनि आंकलन गरेको छ । देशभरबाट ७० स्थानमा आफूले जित्ने कांग्रेसले दावी गरेको छ । जस अनुसार सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश १ लाई देशभरका जित्न सक्ने सम्भावित क्षेत्रको तेस्रो स्थानमा राखेको छ ।
कुन जिल्लामा को केन्द्रीय प्रतिनिधि ?
दोलखा– पुष्पा भुषाल
रामेछाप– शोभाकर पराजुली
नुवाकोट– प्रा वासुदेव घिमिरे
रसुवा– बहादुर सिंह लामा
धादिङ– रामेश्वर उपाध्याय
ओखलढुंगा– मृदुला कोइराला
सोलुखुम्बु– खिलानाथ दाहाल
संखुवासभा– धना खतिवडा
भोजपुर– तारामान गुरुङ्ग
ताप्लेजुङ– केशवकुमार वुढाथोकी
पाँचथर– वेनुपराज प्रसाई
खोटाङ– रमा पौडेल
मुस्ताङ– शोभियतबहादुर अधिकारी
म्याग्दी– तिलक रानाभाट
बाग्लुङ– कुमार खड्का
मनाङ– डा हिमलाल घिमिरे
लम्जुङ– धनबहादुर मास्की राना
गोरखा– भेषराज दुवाडी
रूकुम (पूर्वी)– कृष्ण कार्की
रोल्पा– पार्वता डिसी चौधरी
रूकुम– (पश्चिम) गेहेन्द्र गिरी
जाजरकोट– गोविन्द मल्ल
हुम्ला– डा प्रमोद अर्याल
मुगु– डिल्लीराज तिवारी
जुम्ला– सरस्वती शाह
कालिकोट– आशा विक
डोल्पा– विद्या खनाल
दार्चुला– नरेन्द्र सिंह भण्डारी
बझाङ– शंकरप्रसाद पाण्डे
बाजुरा– अरुणप्रकाश सिंह राठौर
बैतडी– दिलेन्द्रप्रसाद बडू
प्रतिक्रिया दिनुहोस