२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

स्वास्थ्य मन्त्रालयले भन्यो : अत्यावश्‍यक कामबाहेक विदेश भ्रमण नगर्नू

  • २०७८ मंसिर १५, बुधबार मा प्रकाशित २ साल अघि
  • मंसिर १५, २०७८

    काठमाडाैं : सरकारले अतिआवश्यक कामबाहेक विदेश भ्रमणमा नजानलाई आग्रह गरेको छ । कोभिड-१९ को ओमीक्रोन भेरियन्टलाई लक्षित गरी विदेश भ्रमण नगर्न र सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

    ओमीक्रोन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका मानिसहरूलाई असर पार्ने देखिएको मन्त्रालयले जनाएको छ । संक्रमण रोक्न सबै जिम्मेवार बनी जनस्वास्थ्यका मानपदण्डहरू पालना गर्नुपर्छ । कोभिडविरुद्धको खोपले कोभिडबाट सुरक्षित र पायक पर्ने ठाउँमा गएर खोप लगाउनलाई अनुरोध गरेको छ ।

    अफ्रिकी मुलुकमा देखा परेको ओमीक्रोन भेरियन्ट (B.1.1.529) एशियाका केही मुलुकमा देखा परिसकेको छ । विश्‍व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई विश्‍वव्यापी भेरियन्ट अफ कन्सर्नको रुपमा घोषणा गरिसकेको छ ।

    नेपालमा उक्त भेरियन्ट फेला नपरेको र परीक्षणको दायरालाई फराकिलो पारेको मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस