मंसिर ११, २०७८
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा भावुक भाषण गरेर प्रतिनिधिको मन जित्ने प्रयास गरेका छन्।
‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन। म त झन् धेरैपटक मरेर बाँचेको हुँ’, ओलीले भने, ‘धेरैपटक अपरेसन गरेको शरीर हो। त्यसैले कति बाँच्छु थाहा छैन।’
तर पार्टीका जुझारु नेता/कार्यकर्ता देखेर आफूलाई सन्तोष लाग्ने उनले बताए।
‘तर मलाई मीठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाईंहरूलाई अगाडि देख्छु’, ओलीले भने, ‘तपाईंहरूको हातमा देशको भविष्य सुरक्षित देख्छु। आन्दोलनको भविष्य सुरक्षित देख्छु। समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु।’
प्रतिक्रिया दिनुहोस