२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोरोनाको नयाँ भेरियन्ट ‘अहिलेसम्मकै खतरनाक’, यात्रामा कडाइ गरिदै

  • २०७८ मंसिर ११, शनिबार मा प्रकाशित २ साल अघि
  • मंसिर ११, २०७८

    एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेसँगै विभिन्न देशहरूले यात्रामा कडाइ गरेका छन् । दक्षिण अफ्रिकामा बिहीबार तीव्र रूपमा फैलिरहेको नयाँ भेरियन्ट पत्ता लागेको थियो ।

    नयाँ पत्ता लागेको बी.१.१.५२९ भेरियन्ट अहिलेसम्मकै खतरनाक भएको बताइएको छ । यो यसअघि फैलिएका अन्य भेरियन्टहरूभन्दा धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह देखिएको दक्षिण अफ्रिकास्थित सेन्टर फ इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभयराले बताए ।

    नयाँ भेरियन्टविरुद्ध अहिले भइरहेका खोपहरू कम प्रभावकारी हुने चिन्ताकाबीच यसलाई फैलन नदिन विभिन्न देशहरूले कडाइ गरेका हुन् ।

    बेलायतले दक्षिण अफ्रिका सहित ६ अफ्रिकी मुलुकहरूको उडान निलम्बन गरेको छ र ती मुलुकहरूबाट फर्किने यात्रुलाई क्वारेन्टिनमा बस्न भनेको छ ।

    यसैबीच, युरोपेली आयोगकी अध्यक्षे उर्सुला भोन डेर लियनले इयुले पनि त्यस क्षेत्रबाट हुने हवाइ यात्रा रोक्ने लक्ष्य राखेको बताएकी छन् ।

    भारतले पनि दक्षिण अफ्रिका र अन्य जोखिममा रहेका मुलुकहरूबाट आएका यात्रुहरूलाई कडाइपूर्वक परीक्षण गर्न सबै राज्यहरूलाई ‘एडभाइजरी’ जारी गरेको छ ।

    सिंगापुरको स्वास्थ्य मन्त्रालयले त्यस क्षेत्रबाट हुने आगमनमा प्रतिबन्ध लगाउन सक्ने बताएको छ । जापानले पनि दक्षिण अफ्रिका र अन्य पाँच अफ्रिकी मुलुकहरूको यात्रुहरूलाई कडाइ गरेको छ ।

    वैज्ञानिकहरूले नयाँ भेरियन्टको बारेमा अध्ययन गरिरहेका छन् । तर, यस खबरले विश्वव्यापी स्टक र तेल बजारलाई धक्का दिएको छ ।

    नयाँ भेरियन्टको बारेमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले छलफल गर्दैछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस