२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

महिला हिंसाविरुद्धको १६ दिने अभियान : कारणको खोजी गर्नुपर्नेमा जोड

  • २०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • मंसिर १०, २०७८

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सम्पूर्ण वडाहरूमा सचेतना सहितको र्यालि र अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

    ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको १६ दिने अभियानको दोस्रो दिन शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजना गरेको छलफल तथा अन्तर्क्रिया कार्यक्रमले सो निर्णय गरेको हो

    छलफलले नगरपालिकाले नगर स्तरीय महिला सञ्जालसँग सहकार्य गरेर कार्यक्रम गर्ने निचोड निकालेको छ।

    महिला हिंसा अन्त्य तथा महिला मैत्री नगरपालिका बनाउनको लागि नगरपालिकाले सबैसँग सहकार्य र समन्वय गरेर कार्यक्रम तय गरी सञ्चालन गर्न लागिएको नगर उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् ।

    १६ दिने अभियानको सुरुको दिन नगरपालिकाले विभिन्न संगसस्थासंग सहकार्य गरेर चौतारामा हिंसा विरुद्धको अभियानको लागि चौतारा बजारमा र्यालि समेत गरेको थियो ।

    अन्तर्क्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले सबै एक भएर अगाडि बढेमा लैङ्गिक हिंसा अन्त्य गर्न सकिने उल्लेख गरे।

    यस्तै, नेपाल पत्रकार माहासंघका अध्यक्ष जीवन श्रेष्ठले हिंसा अन्त्य गर्नको लागि सुरुमा हिंसा उत्पन्न हुनुको कारणको खोजी गर्नुपर्ने र सोही अनुसार कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस