मंसिर ७, २०७८
चाैतारा : हेलम्बु गाउँपालिका इचोकमा भएको आगलागी पीडितलाई बागमती प्रदेशका पुर्वसामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले सहयोग गरेका छन्।
दुलालसहित वाइसियल जिल्ला इन्चार्ज सुरेश राना, नेकपा माओवादी २ नम्बर क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बु अध्यक्ष पेमा ह्योल्मो जिल्ला कमिटी सदस्य सिपी दुलाल लगायतको टाेली आज घटनास्थल पुगेर राहत सामग्री वितरण गरेको हो ।
राहतमा प्रति परिवार १७ हजार नगदसहित ३ बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा लत्ताकपडालगायतको सामग्री वितरण गरिएको जिल्ला कमिटी सदस्य सीपी दुलालले बताए ।
साेमबार साँझ इचोक सुर्सिङ झाक्रीटोलमा आगलागी हुँदा ३ बालकको ज्यान गएको थियो ।
पीडामा रहेका पीडितहरुको लागि केहि सागाग्री वितरण गरेको भन्दै पुर्वमन्त्री दुलालले अागामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस