२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

स्वास्थ्य सेवा सबै क्षेत्रमा सर्वसुलभ पुर्‍याउछाैँ : मन्त्री लामा

  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित ३ साल अघि
  • मंसिर ४, २०७८

    चाैतारा : बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा सबैको पहुचमा पुर्याउने प्रतिबद्वता व्यक्त गरेका छन्।

    मेलम्ची ७ को नेपाली कांग्रेसको पार्टी कार्यालय उद्वाटन तथा बधाई कार्यक्रमका क्रममा स्वास्थ्य क्षेत्र सबैको पहुँचमा सर्वसुलभ पुर्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका हुन्।

    ‘मेरो पहिलो प्राथमिकता बागमती प्रदेशको १३ वटै जिल्लामा रहेको स्वास्थ्य संस्था सुधार गर्ने हुनेछ’ उनलेे भने।

    सुरूमा प्रदेशका १३ जिल्लाको स्वास्थ्य कार्यालय भ्रमण गर्ने र त्यस पश्चात योजना बनाउने उनको भनाइ छ।

    मन्त्री लामाले भने, ‘बिरामीको लागि चाहिने औषधी देखि डाक्टर नर्सको लागि चाहिने स्वास्थ्य सामाग्री उपलब्ध गराउने सम्मको काममा म लाग्नेछु।’

    बाढी प्रभावितको पुनस्थापनाका लागि प्रदेश सरकार लागि परेको समेत बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस