२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

बागमती प्रदेशका सबै जिल्ला अस्पताल सुधार गर्छाैं : स्वास्थ्य मन्त्री लामा

  • २०७८ मंसिर २, बिहिबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २, २०७८

    चाैतारा : बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री निमा लामाले आफ्नाे प्रदेशभित्र पर्ने १३ ओटै जिल्लाकाे जिल्ला अस्पताल सुधारकाे लागि लागि पर्ने बताएका छन् ।

    नेपाली कांग्रेस चाैतारा साँगाचाेकगढी नगरपालिका इकाई समितिद्वारा आयाेजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री लामाले स्वास्थ्य सम्वेदनशील बिषय भएकाले हरेक सरकारले स्वास्थ्यलाइ प्राथमिकतामा राख्नुपर्ने बताए ।

    आफ्ना नागरिककाे स्वास्थ्य आफ्नाे प्राथमिकता रहेकाे उनको भनाइ छ।

    बागमती प्रदेश भाैतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्ण भडेलले कम्युनिष्टले देश बनाउन नसक्ने भएकाले कांग्रेसले अग्रसरता लिने बताए । अधिकांश समय कम्युनिष्टकाे आलाेचनामा खर्चिएका भडेलले कांग्रेसले मात्र जनताकाे मर्म बुझ्ने बताए ।

    उक्त कार्यक्रममा नेकपा (एमाले ), नेकपा (माओवादी केन्द्र) र राप्रपा पार्टी परित्याग गरि ५ जना नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस