२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’

  • २०७८ कार्तिक ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक ३०, २०६७

    चौतारा : इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ ।

    भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको लुजान विश्वविद्यालयका सहयोगमा सञ्चालित ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम भएको इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ भट्टराईले जानकारी दिए ।

    कार्यक्रमका प्रशिक्षक भूकम्पविज्ञ शिव सुवेदीले पश्चिम नेपालमुनि जम्मा भएको शक्तिको कारणले आठ रेक्टरभन्दा ठूलो भूकम्प जति बेला पनि जान सक्छ भन्ने तथ्य धेरै अनुसन्धानले देखाएको बताउँदै भूकम्प प्राकृतिक विपत्ति भएकाले रोकथाम सम्भव नहुने हुँदा यसको असर कम गर्न सक्ने आधार पूर्वतयारी भएको बताए ।

    मेलम्ची नगरपालिकाको सहयोगमा इन्द्रेश्वरी माविमा सिस्मोमिटर राखिएको निवर्तमान प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले बताए । सिस्मोमिटर राख्दा विद्यार्थी तथा समुदायमा भूकम्प नाप्ने यन्त्र कस्तो हुन्छ, कसरी नाप्छ, भूकम्प किन जान्छ, भूकम्प जाँदा कुन–कुन तरङ्गले कसरी हाम्रा संरचनामा क्षति पु¥याउँछ भन्ने अध्ययन गर्न सकिने उनको भनाइ छ।

    ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत नेपालका २२ स्कुलमा भूकम्प मापक यन्त्र जडान गरिसकिएको विज्ञ शिव सुवेदी बताउँछन् । शैक्षिक कार्यक्रम गर्ने, यन्त्र जडान गर्ने तथा अन्य प्राविधिक सहयोग गर्ने समेत बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस