२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्ची आयोजना : चिनियाँ कम्पनीलाई ठेक्का दिने तयारी

  • २०७८ कार्तिक २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक २७, २०७८

    चौतारा : मेलम्ची खानेपानी फाष्ट ट्रयाकबाट काठमाडौं उपत्यकामा ल्याउन चिनियाँ कम्पनीलाई ठेक्का दिने तयारी भएको छ। मेलम्ची खानेपानी आयोजनाले बाढीले क्षति पुगेको आयोजना मर्मतका लागि चिनियाँ सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन लागेको हो।

    आयोजनाका अनुसार बाढीले क्षति पुगेको हेडवर्क्स र सुरुङ मर्मत गर्न ती कम्पनीलाई दिन लागिएको छ। यी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी रहेको खानेपानी मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकालले बताए। ‘मेलम्चीको पानी द्रुत गतिमा यहाँ ल्याउन चिनियाँ कम्पनीलाई ठेक्का दिने भन्ने छलफल भइरहेको छ,निर्णय चाँहि भएको छैन,’उनले भने।

    उनका अनुसार अरू कम्पनीलाई ठेक्का दिँदा मर्मत गरी उपत्यकामा पानी ल्याउन ढिलाइ हुने भएकाले पहिला पनि आयोजनाकै ठेक्का पाएको सिनोलाई दिन लागिएको हो।

    उनले भने,‘अहिले कस्तो माध्यमबाट कसरी छिटो पानी ल्याउने भन्नेबारे आयोजना,विज्ञलगायत सम्बन्धित सरोकारवालाहरूसँग कुराकानी भइरहेको छ,छलफलपछि जानकारी हुन्छ।’

    इटालियन कम्पनी सिएमसीले योजनाको काम नसकिँदै बीचैमा छाडेको थियो। त्यसपछि चीनको सिनो कम्पनीले २०७६ मा आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्न ठेक्का पाएको थियो।

    आयोजना सुरु भएको दुई दशकपछि मेलम्चीबाट ल्याइएको पानी चैत १५ देखि उपत्यकामा वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर नै पानी वितरण गरिँदै आएको थियो।

    तर, गत असार १ गते मेलम्ची र इन्द्रावतीमा आएको ठूलो बाढीले आयोजनामा क्षति पुर्‍यायो। फेरि साउन १६ र १७ गते फेरि आएको बाढीले आयोजनामा थप क्षति पुर्‍याएको थियो। जसकारण हालसम्म पनि उपत्यकामा मेलम्ची पानी आउन सकेको छैन।

    आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार बाढीले खानेपानीको हेडवर्क्समा धेरै क्षति पुगेको छ। सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको छ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले उपभोक्ता खटाई आयोजना जाने सडकको अस्थायी बाटो भने खुलाएको छ।

    गाउँपालिकाले गत भदौ मसान्तबाट आयोजनाको हेडवर्क्स ९मुख्य बाँधस्थल० सम्म सडक खोल्ने काम सुरु गरेको थियो। बाढीका कारण १ अर्ब रुपैयाँभन्दा बढीको आयोजनामा क्षति पुगेको उनको भनाइ छ। आगामी चैत वैशाखसम्ममा अस्थायी रूपमा पानी ल्याई उपत्यकाबासीलाई खुवाउने सरकारको योजना छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस