२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

सभामुखको आह्‍वान : जनगणनामा सत्यतथ्य विवरण उपलब्ध गराउनुस्

  • २०७८ कार्तिक २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक २७, २०७८

    चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले १२औं राष्ट्रिय जनगणनामा सहभागी भई सत्यतथ्य विवरण उपलब्ध गराउन आह्वान गरेका छन्।

    शनिबार बिहान लैनचौरस्थित निवासमा पुगेको जनगणनाको टोलीलाई परिवारको तथ्यांक उपलब्ध गराएपछि सत्यतथ्य विवरण उपलब्ध गराउन आह्वान गरेका हुन्।

    सभामुखको जनगणनाको लागि सभामुख निवास लैनचौरमा जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा। रामकुमार फुयाँलको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली पुगेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस