कात्तिक २३, २०७८
चाैतारा : खानेपानी मन्त्री उमाकान्त चाैधरीले हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाे प्रशंसा गरेका छन् ।
हेलम्बु गाउँपालिकाले बाढीले क्षतविच्क्षत बनाएकाे मेलम्ची खानेपानी आयाेजनाकाे मुहान अम्बाथान सम्म पुग्ने बाटाे छिटै मर्मत गर्न सफल भएकाले मन्त्री चाैधरीले अध्यक्ष शेर्पाकाे प्रसंशा गरेका हुन् ।
गत असार १ र साउन १७ गते गएकाे बाढीले तहसनहस बनाएकाे मेलम्ची खानेपानी मुहान अम्बाथान पुग्ने माेटरबाटाे हेलम्बु गाउँपालिकाले आफ्नै बजेटमा मर्मत गरेकाे थियाे ।
आयाेजना अनुगमन गर्न हेलिकप्टर मार्फत साेमबार अम्बाथान पुगेका मन्त्री चाैधरीले भने, ‘बाढीले खतम बनाएकाे बाटाे खानेपानी मुहानसम्म कसरी पुर्याउने हाेला भन्ने ठुलाे चिन्ता लागेकाे थियाे यहाँ आएर हेर्दा बाटाे बनिसकेकाे देख्न पाउँदा धेरै खुसी लाग्याे।’
अध्यक्ष शेर्पातिर इसारा गर्दै मन्त्री चाैधरीले भने, ‘बाटाे निर्माणकाे लागि संघीय सरकारकै ठुलाे बजेट खर्चिनुपर्ने चिन्ता लागेकाे थियाे। त्याे चिन्ता उहाँले दूर गर्दिनुभयाे उहाँलाई धन्यवाद।’
राष्ट्रिय गाैरवकाे आयाेजनालाई सफल बनाउनु स्थानीयतहकाे पनि दायित्व भएकाले आफ्नाे पालिकाले सहयाेग गरेकाे हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
बाढीबाट ठुलाे जनधनको क्षति व्यहाेरेकाे हेलम्बु गाउँपालिकाले बाढीपछि नामनिशान नरहेकाे बाटाे ३ ओटा स्काभेटर प्रयोग गरि झण्डै एक महिना लगाएर निर्माण गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस