कात्तिक २२, २०८९
चाैतारा : खानेपानी मन्त्री उमाकान्त चाैधरीले बाढी पछि अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् ।
बाढीले गरेकाे क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका मन्त्री चाैधरीले सञ्चारकर्मीहरुसँग मेलम्ची खानेपानी छिट्टै सञ्चालनमा ल्याउने अाश्वासन दिएका हुन्।
मन्त्री चाैधरी साेमबार २ वटा हेलिकप्टर प्रयोग गरि मेलम्ची खानेपानी मुहान अवलाेकन गर्न पुगेका थिए । काठमाडौंबासीले मेलम्ची खाेलाकाे पानी कहिले खान पाउँछन् भन्ने सञ्चारकर्मीहरुकाे प्रश्नमा मन्त्री चाैधरीले भने, ‘अस्थायी रुपमा छिट्टै पानी पुनः सुरुङमा हाल्ने काम गरिहाल्छाैँ। बाढीपहिराे राेकथामकाे दीर्घकालीन समाधान विस्तारै खाेज्दै जान्छौं।’
गत असार १ गतेकाे बाढीले मेलम्ची खानेपानी आयाेजनाकाे मुहान अम्बाथानकाे मुहान पर्नुकाे साथै ड्याम भत्काएकाे थियाे ।
मुहानकाे संरचना पुरै पुरिकाले पुरिएको भाग खाेलेर हेरेपछि मात्र क्षतिकाे आँकडा निकाल्न सकिने मेलम्ची खानेपानी आयाेजनाका कार्यकारी निर्देशक बाशुदेब पाैडेलले बताए । अहिले क्षतिकाेबारे केही भन्न नसकिने उनको भनाइ छ।
यस्तै, हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खानेपानीकाे हाल मुहान भएकाे ठाउँमा पहिराेकाे उच्च जाेखिम भएकाले मुहानमाथि सार्न आयाेजनालाइ सुझाव दिए । खानेपानी काठमाडौं पठाउन आफुले बिगतमा पनि सहयाेग गरेकाे र सकेकाे सहयाेग निरन्तर गर्ने प्रतिबद्धता समेत जाहेर गरे।
प्रतिक्रिया दिनुहोस