कात्तिक २२, २०७८
चाैतारा : सभामुख अग्निप्रसाद सापकोटाले आज अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी खण्डको अवलोकन गरेका छन्।
अवलोकनमा सभामुख सापकोटासँगै अर्थमन्त्री जनार्दन शर्मा पनि थिए। तातोपानी भन्सार र मितेरी पुल सम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी लिएका छन्।
सभामुख सापकोटाले तातोपानी नाकाबाट हुने आयात निर्यात एवं सडक मार्गलाई व्यवस्थित गर्ने विषयमा लगातार पहल गर्दै अाएका छन्।
भूकम्प, भोटेकोशी बाढी र विभिन्न समयमा आएका ठूला पहिरोका कारण केही बर्ष यता अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे तातोपानी सडक खण्डमा सहज आवागमन हुन सकिरहेको छैन ।
कोभिड-१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाईका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत अवस्थामा फर्कन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस