२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

काठमाडौंबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोपको व्यवस्था

  • २०७८ कार्तिक १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक १६, २०७८

    काठमाडौं : तिहारका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयकानुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हो ।

    त्यसका लागि काठमाडौंबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

    कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने अधिकारीले बताउनुभयो । परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने बताए।

    पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने उनको भनाइ छ। पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज खोप दिइनेछ ।

    यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस