कात्तिक १५, २०७८
चौतारा : नेपाल पञ्चाङ्ग निर्णायक समिति यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ।
यस वर्षको भाइटीका कात्तिक २० गते रहेको छ। तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाउने प्रचलन छ। यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर दीर्घायु र समृद्धिको कामना गर्दछन्।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ।
प्रतिक्रिया दिनुहोस