२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मौसम बदली हुने‚ भीषण वर्षा र हिमपातको सम्भावना

  • २०७८ आश्विन ३१, आईतबार मा प्रकाशित ३ साल अघि
  • असाेज ३१, २०७८

    चाैतारा : मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि मौसम बदली भई देशका विभिन्न भेगमा भीषण वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ।

    विशेष बुलेटिन जारी गर्दै महाशाखाले आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको हो। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि सम्भावना रहेको बताएको छ।

    भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले  शनिवारबादेखि नेपालमा आंशिकदेखि सामान्य बदली हुने बताएको छ।

    महाशाखाका अनुसार दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश सामान्य बदली रही अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस