२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

चाडपर्वले आपसी हित र सद्भावलाई संयोजनमा राख्छ : सभामुख

  • २०७८ आश्विन २५, सोमबार मा प्रकाशित ३ साल अघि
  • असाेज २६, २०७८

    चाैतारा : सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वले अापसी हित र सद्भावलाई संयाेजन गर्ने बताएका छन्।

    २०७८ सालको दशैं, तिहार, छठ लगायतका राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना व्यक्त गर्दै सभामुखले भनेका छन्, ‘हामीले मनाउने चाडपर्वहरुले मौलिक नेपाली संस्कृति एवं नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषता र विविधताहरुको प्रतिनिधित्व गर्ने गर्दछन् ।’

    दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुले हामी बीचको एकता, आपसी हित, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै आएकाे उनकाे भनाइ छ।  

    ‘चाडपर्वहरुको अवसर पारेर हुने परिवार एवं आफन्त भेटघाट, छलफल र भलाकुसारीहरु पारिवारिकदेखि सामाजिक क्षेत्रको सकारात्मक परिवर्तनका योजना निर्माणका लागि समेत महत्वपूर्ण सावित हुने र यसले सबैमा सकारात्मक सोच पैदा गर्ने विश्वास लिएको छु । यस्ता अवसरहरुबाट देशमा समृद्धिको जग बसाल्ने विषयमा गम्भीर भएर सोच्न, थप रचनात्मक बन्न सबै उमेर समूहका आम नागरिकलाई प्रेरणा मिल्ने अपेक्षा पनि गरेको छु’ सभामुखले भनेका छन्। 
     
    करिब दुइ बर्ष यता महामारीका रुपमा रहेको कोभिड–१९ केही मत्थर भएजस्तो देखिए पनि चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन अाग्रह समेत गरका छन्। चाडपर्वहरु सम्बन्ध सुधार एवं सकारात्मक सोच प्रवाहका लागि अवसर सावित हुने विश्वास व्यक्त गरेका छन्।

    यस बर्ष सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा भएका प्राकृतिक विपत्ति र कोभिड–१९ का कारण ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस