असोज २३, २०७८
चौतारा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन्।
शुक्रबार कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफू केन्द्रिय सभापतिमा लड्ने बताएका हुन्।
कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी गरे। साथै कोइरालाले युवाहरूलाई कृषिमा आकर्षण बढाई आधुनिक ढङ्गले कृषि क्रान्ति गर्न आफूले पहल गर्ने बताए।
मेलम्चीमा गएको बाढीपहिरोको ध्यानाकर्षण भएको र सरकार र पार्टीलाई यस ठाउँमा राहतका साथै छिट्टै पुल बनाउन पनि कुरा दबाव दिने वचन पनि दिए।
यता जिल्ला सभापति विकास लामाले शुभकामना दिँदै ९९ वडामा सम्पन्न भइसकेको र बाँकी ४ वटा वडामा दशैंलगत्तै अधिवेशन गर्ने बताए।
सभापति लामाले केन्द्रीय सदस्य मोहन बस्नेतलाई लक्षित गर्दै समायोजनको निर्देशिकलाई बस्नेत ले लत्याएको र समायोजनमा बस्नेतकै कारण लफडा भएको तर्क गरे। लामाले राहत बाँड्ने नाममा बस्नेतले गाली गर्दै हिँडेको आरोपसमेत लगाए।
प्रतिक्रिया दिनुहोस