असोज २१, २०७८
दशैंको उल्लासमा तपाईं के के कुरा याद गर्नुहुन्छ ? नयाँ लुगा, माछामासुको स्वादिलो परिकार, सफासुग्घर घर, रातो टिका, जमरा । दशैंका अनेक विशेषता छन् । घटस्थपापना अर्थात दशैंको सुरुवात । आजबाट घर घरमा पूजाआजा गरी जमरा राख्ने गरिन्छ ।
घटस्थापनाको दिन गहूँ, जौ लगायत अन्नको जमरा राखिन्छ, जुन विजय दशमी अर्थात टिकाको दिन प्रयोगमा आउँछ ।
दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । यसको सांकेतिक अर्थ के पनि हुनसक्छ भने, जमरा मानव जीवनका लागि अत्यान्तै हितकारी चिज हो । आर्युवेदिक महत्वको जमराले थुप्रै प्रकारका शारीरिक समस्या हटाउँछ ।
कसरी उमार्ने दशैंको जमरा ?
– अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।
– जमरा उमार्नका लागि शुद्ध तथा अध्याँरो ठाउँ चाहिन्छ ।
– सबैभन्दा पहिला जौंको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
– विशेषत दशैंमा जौको जमरा राख्ने गरिन्छ । यद्यपी मकै, गहुँ, धानको पनि जमरा राख्न सकिन्छ ।
– अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
– अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।
– सात दिनपछि पहिलो पटक रोपेको गमलामा अंकुराउन थाल्छ ।
– प्रयोग गन योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्न सकिन्छ । ।
– गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
– जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।
धार्मिक महत्व र स्वास्थ्य लाभ
दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू)का लामा पँहेला जमरा लगाइदिने चलन छ ।
निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ ।
जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको हिसाबले यो निकै पौष्टिक मानिन्छ । यसमा औषधिय गुण पनि हुन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने बस्तुको रुपमा लिइएको छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिन्छ ।
जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।
गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।
चिकित्सकहरुका अनुसार उच्च रक्तचाप, मधुमेह एवं क्यान्सर जस्ता समस्यामा सात वा नौ दिनको जमरा पिसेर झोल बनाई नित्य सेवन गरेमा धेरै फाइदा गर्छ । जमराको जुसको सेवनले सौन्दर्यमा समेत निखार ल्याँउछ ।
जमराको जुस
गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस रु
१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।
२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।
३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।
कति पिउने ?
प्रतिक्रिया दिनुहोस