असाेज १९, २०७८
चाैतारा : संयुक्त जिल्ला अनुगमन समितिले विभिन्न समयमा गरिएकाे अनुगमनकाे क्रममा बरामद गरिएका म्याद गुज्रिएका अखाद्य वस्तु तथा लेबलिङ नगरिएका खाद्य वस्तु नष्ट गरेकाे छ ।
अनुगमनकाे क्रममा कतिपय खाद्य वस्तुमा म्याद सकिएकाे, कुनै सामानमा लेबलिङ नगरिएकाे (उत्पादन तथा म्याद सकिने समय उल्लेख नगरिएकाे) र अधिकांश पसलहरुमा मुल्य सुची नराखिएकाे पाइएकाे अनुगमन समितिका सदस्य सचिव घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामशरण गाैतमले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा रहेकाे संयुक्त बजार अनुगमन समितिमा जिल्ला घरेलु कार्यालय, उद्याेग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय र उपभोक्ता मञ्चका प्रमुख तथा प्रतिनिधि सदस्य रहने व्यवस्था छ।
विभिन्न बाहानामा उपभोक्तहरु व्यापारीहरु बाट ठगिइ रहेका हुन्छन्। तर, स्थानीय सरकारले गर्ने अनुगमन हाेस् वा जिल्ला स्तरीय संयुक्त अनुगमन समिति गर्ने अनुगमन किन नहाेस् चाडपर्वकाे बेलामा मात्र अनुगमन गर्ने काम परम्परा जस्तै हुँदै गएकाे छ ।
साँच्चै बजार अनुगमन गर्ने र अनुगमन समितिले झारा तिर्ने मात्र नभएर आफ्नाे जिम्मेवारी पूरा गर्ने हाे भने चाडपर्वकाे मुखमा मात्र नभएर समय समयमा बजार अनुगमन गरिरहन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस